aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

पाकिस्तानको दैनिकी झन खराब बन्दै, ३० शहर अन्धकार भए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० माघ २०७९
पाकिस्तानको दैनिकी झन खराब बन्दै, ३० शहर अन्धकार भए

एजेन्सी । आर्थिक संकट झेलिरहेको पाकिस्तानको छ । मुद्रास्फीतिका कारण पाकिस्तानी सर्वसाधारणको लागि रोटी पिठो जस्ता दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको छ भने गत दिन विद्युत सङ्कटका कारण पाकिस्तानका करिब ३० शहर अन्धकार भएका छन् । समग्रमा, स्थिति दिन प्रतिदिन खराब हुँदै गइरहेको छ। हजारौं पाकिस्तानीले दैनिक रोजगारी गुमाइरहेका छन्। एक रिपोर्टका अनुसार २०२३ मा पाकिस्तानमा लाखौं बेरोजगार हुनेछन् । 

पाकिस्तानको समाचार वेबसाइट द डनमा प्रकाशित एक रिपोर्ट अनुसार सन् २०२३ मा व्यापार बन्द हुनु र कारखानामा उत्पादन घट्दै जाँदा करिब ६२ लाख मानिस बेरोजगार हुन सक्नेछन्। यो संख्या पाकिस्तानको कुल श्रमशक्तिको ८.५ प्रतिशत हो। यी यस्ता मानिसहरू हुनेछन्, जो काम गर्न तत्पर हुनेछन्, तर रोजगारी छैनन्।

ठूलो बेरोजगारीको सम्भावनाका कारण पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)्र बाट जतिसक्दो चाँडो राहत प्याकेजको अपेक्षा गरेको छ। यस्तो अवस्थामा सरकारले मिनी बजेट स्थगित गर्न सक्दैन । मिनी बजेट आएसँगै पाकिस्तानमा बेरोजगारी अझै बढ्ने बताइएको छ । मिनी बजेटमा शाहबाज सरिफको सरकारले ग्यास र बिजुलीको मूल्यवृद्धि, पेट्रोलियम पदार्थमा अतिरिक्त कर र आयात–निर्यातमा कर लगाउनेछ ।

प्रतिक्रिया दिनुहोस