aarthiknews.com बुधबार, १५ जेठ २०८२   Wednesday, 28 May, 2025
 

शेखर र गगनको भेला कस्ले रोक्यो ?

  • आजको नागरिक दैनिकबाट
    आजको नागरिक दैनिकबाट
  • बुधबार, ११ माघ २०७९
शेखर र गगनको भेला कस्ले रोक्यो ?

काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर पक्षको भेला राष्ट्रपति निर्वाचन नहुँदासम्मका लागि स्थगित भएको छ । संस्थापन इतर पक्षको साझा धारणा बनाउन आइतबार नेताहरूको भेला गरिएको थियो । 

अर्को भेला मंगलवार बिहानका लागि तय गरिएको थियो । भेलाको पहिलो दिन शेखर कोइरालासहितका केही नेताले राखेको भनाइ बंग्याएर सञ्चारमाध्यममा आएको भन्दै तत्कालका लागि भेला स्थगित गर्ने निष्कर्षमा संस्थापन इतर पक्ष पुगेको हो । संस्थापन इतर पक्षले मंगलबारका लागि डाकिएको भेला स्थगित गर्दै अब राष्ट्रपति निर्वाचनपछि मात्र यसलाई निरन्तरता दिने भएको छ । 

ुपहिलो दिनको भेलामा नेता शेखर कोइरालाले पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा विश्वासको मत दिएर गल्ती भयो भन्नुभएको थिएन । तर सञ्चारमाध्यममा भने दाहाललाई प्रधानमन्त्रीमा विश्वासको मत दिएर पार्टीले गल्ती गन्यो भन्नुभयो भन्ने कुरा आयो, कोइरालानिकट एक नेताले भने, ुभित्र एउटा कुरा भएको थियो तर बाहिर अर्कै आयो । यसले राम्रो सन्देश नगएकाले राष्ट्रपति चुनावपछि मात्र बस्नेगरी भेला स्थगित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस