aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

बैंकिङ कसूरमा ४१ लाख जरिवाना तोकपछि फरार भएका खड्का पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ माघ २०७९
बैंकिङ कसूरमा ४१ लाख जरिवाना तोकपछि फरार भएका खड्का पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी रामेछाप रामेछाप नगरपालिका ३ घर भई हाल काठमाडौं महानगरपालिका ३२ बस्ने ३३ वर्षीय शिवहरि खड्कालाई बुधबार प्रहरीले पक्राउ गरेको हो । 

उच्च अदालत पाटनको २०७९ मंसिर २० गतेको फैसलाले १४ दिन कैद र ४१ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं बबरमहलबाट पक्राउ गरेको हो । आफ्नो बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी पीडितलाइ झुक्यानमा पारी २०७८ सालको साउन र भदौ महिनामा दिएको २ थान चेकको रकम भुक्तान हुन नसेको घटनामा अदालतले उक्त फैसला गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस