aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

मर्जरका कारण रोकिएका तीन बीमा कम्पनीको शेयर कारोबार फुकुवा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १२ माघ २०७९
मर्जरका कारण रोकिएका तीन बीमा कम्पनीको शेयर कारोबार फुकुवा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले तीन बीमा कम्पनीको शेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले मर्जरका कारण रोकिएको प्रभु इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्सको शेयर कारोबार फुकुवा गरिदिएको हो । नेप्सेका अनुसार यी कम्पनीहरूका आधारभूत शेयरधनी बाहेकको शेयर बिहीवारदेखि कारोबारमा आउनेछ । 

प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्स लिमिटेडबीच भएको मर्जर भंग भएकाले नियामक निकाय नेपाल बीमा प्राधिकरणले समेत सैद्धान्तिक स्वीकृति रद्द गरिसकेको अवस्थामा नेप्सेले प्रभु इन्स्योरेन्सको शेयर कारोबार फुकुवा गरिदिएको हो । प्रभु इन्स्योरेन्सको शेयर कारोबार गत साउन १ गतेदेखि रोक्का रहेको थियो । 

त्यस्तै गत असार ३० गतेदेखि मर्जरकै कारण रोक्का रहेको सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको शेयर कारोबार समेत फुकुवा भएको छ । पछिल्लो समय मर्जर तथा प्राप्ति प्रयोजनका लागि शेयर कारोबार एकीकृत कारोबारपछि मात्र बढीमा १५ दिनमात्र रोक्का गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा आएसँगै मर्जर तथा प्राप्तिका कारण रोक्का रहेका कम्पनीको शेयर कारोबार फुकुवा हुन थालेका हुन ।
 

प्रतिक्रिया दिनुहोस