aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

“भर्चुअल” मुद्रा प्रयोग नगर्न बुरुन्डीको केन्द्रीय बैंकको आग्रह

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १७ भदौ २०७६
“भर्चुअल” मुद्रा प्रयोग नगर्न बुरुन्डीको केन्द्रीय बैंकको आग्रह

बुजुम्बुरा  ।  मध्य अफ्रिकी मुलुक बुरुन्डीको केन्द्रीय बैंकले नागरिकलाई भर्चुअल मुद्रा प्रयोग नगर्न चेतावनी दिएको छ । बैंकले यस्तो मुद्राको कारोबार अवैध हुने जनाएको छ ।

बुरुन्डीका गभर्नर जाँ सिजाले एक वक्तव्य प्रकाशन गरी यस्तो मुद्रालाई सरकार वा बुरुन्डीको केन्द्रीय बैंकले मान्यता नदिएको जनाउनुभएको छ । “कुनै पनि निकाय वा वित्तीय संस्थालाई विप्रेषण कारोबार वा अरु कुनै किसिमको भुक्तानी गर्दा यस्तो मुद्रामा गर्न अनुमति दिइएको छैन ।”

गभर्नर सिजाले केन्द्रीय बैंकबाट इजाजतप्राप्त विश्वासिलो वित्तीय संस्थाबाटै आर्थिक कारोबार गर्न पनि आग्रह गर्नुभएको छ । बैंकको एक अनुमान अनुसार बुरुन्डीमा २० हजारभन्दा बढी मानिसले हाल बिटक्वाइन (भर्चुअल मुद्रा) को कारोबार गरिरहेका छन् । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस