काठमाडौं । मारवाडी सेवा समिति नेपालले एक अस्पताल निर्माण गर्ने भएको छ । समितिको ७० औँ वार्षिकोत्सव कार्यक्रममा यस्तो घोषणा गरिएको हो ।
कार्यक्रममा बोल्दै समितिका अध्यक्ष कैलाश गोयलले भने, ‘निशुल्क उपचारको लागि मारवाडी सेवा समितिले अस्पताल निर्माण गर्नेछ । जसमा तीन सय शैयाको अस्पताल बनाउँछौँ । जुन नाफारहित अस्पताल हुनेछ ।’ नेपाल सरकारबाट सरकारी जग्गा प्राक्त भएमा चाडै नै तीन सय शैयाको नाफारहित अस्पताल निर्माण गरिने उनले दोहोर्याए ।
मारवाडी सेवा समितिले आज आफ्नो ७० औँ वार्षिकोत्सव मनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यता एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको विशिष्ट आतिथ्यतामा वार्षिकोत्सव कार्यक्रम गरिएको हो ।
प्रतिक्रिया दिनुहोस