aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

शिक्षामन्त्री खनालको पुत्ला जल्यो, एकपछि अर्को खुल्दैछन दलाल भएको प्रमाण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १३ माघ २०७९
शिक्षामन्त्री खनालको पुत्ला जल्यो, एकपछि अर्को खुल्दैछन दलाल भएको प्रमाण

काठमाडौं । शिक्षा क्षेत्रका दलालका रुपमा चिनिएका शिक्षा मन्त्री शिक्षा विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालको पुत्ला जलाएको छ । नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूले पुत्ला जालएको हो ।   

प्रदर्शनी मार्गस्थित रत्नराज्य क्याम्पस (आरआर) अगाडि उनीहरूले शिक्षामन्त्री खनालको पुत्ला जलाउँदै निजीलाई पोसेको, गरिब विद्यार्थीको खिलाफमा रहेको आरोप लगाउँदै अनेरास्ववियुले पुत्ला जलाएको छ । 

हालै शिक्षामन्त्रालयले सरकारी स्वमित्वका जनकशिक्षा सामाग्रीले पाठ्यपुस्तक छाप्न सक्ने क्षमता रहेको पटक पटक आस्वस्त पारिरहेको बेला निजी क्षेत्रलाई पोस्नेगरि पाठ्यपुस्तक छाप्ने निर्णय गरेपछि विद्यार्थी आक्रोशित बनेको हो ।  

सरकारी निकायह्ररुलाई थप बलियो बनाउँदै लैजान पर्नेमा निजी क्षेत्रसँगको अप्र्रकृतिक गठजोडले गर्दा शिक्षामन्त्रालयबाट यस्तो निर्णय भएको निष्कर्ष निकालेको हो । त्यसो त शिक्षा मन्त्री खनालले मन्त्रालयको जिम्मा लिनुभन्दा पहिला नै सार्वजनिक शिक्षा तर्फ राज्यले छु्ट्याएको रकमको स्वाद चाखिसकेका छन ।   

शिक्षमन्त्री खनालले सञ्चालन गरेको टिच फर नेपाल नामकको गैरसरकारी संस्थाले नेपालका धेरै स्थानीय निकायहरुमा गैरकानुनी तरिकाले सरकारी रकम हिनामिना गरेको महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस