aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

दुई साता भित्र विद्युतिय बस सञ्चालनमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १८ भदौ २०७६
दुई साता भित्र विद्युतिय बस सञ्चालनमा

काठमाडौ । उपत्यकामा भदौभित्रै सार्वजनिक विद्युतीय बस चलाउने तयारी भएको छ। विद्युतीय बस सञ्चालन गर्ने कम्पनी सुन्दर यातायातले आफ्ना सावरीसाधनका लागि मंगलबार विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ । कम्पनीले यसै महिनाभित्रै उपत्यकामा विद्युतीय बस गुड्ने जनाएको छ। 

त्यसैका लागि चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको कम्पनीका अध्यक्ष भेषबहादुर थापाले बताए। सार्वजनिक विद्युतीय सवारी सञ्चालन गर्न र चार्जिङ स्टेसन स्थापनाका लागि नीतिगत कानुनी व्यवस्था हालसम्म भने गरिएको छैन । कम्पनीअन्तर्गत सवारीसाधनका लागि चार्जिङ स्टेसन निर्माण गर्न सरकारसँग अनुमति लिनु पर्दैन अहिलेसम्म त्यस्तो नियम बनेको छैन ।

त्यसैले सुन्दर यातायातले आफ्ना बसका लागि चार्जिङ मेसिन सञ्चालनमा ल्याएको हो । अन्य सार्वजिनक सवारीसाधन चार्ज गराएबापत पैसा लिनका लागि भने लाइसेन्स अनिवार्य
हुनुपर्ने छ । लाइसेन्स सहज गराइदिन अध्यक्ष थापाले सरकारलाई आग्रहसमेत गरे ।

लाइसेन्स उपलब्ध गराएको खण्डमा ७२ घण्टाभित्र सीतापाइला र सुकेधारामा सार्वजनिक सवारीसाधनका लागि चार्जिङ स्टेसन निर्माण गर्ने उनले बताए। आफ्नै देशमा विद्युत् मौजाद रहेकाले त्यसको उपयोग गर्न विद्युतीय सवारीसाधन सञ्चालनमा ल्याउन लागेको उनको भनाइ छ।

स्टेसन उद्घाटन गर्दै ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले देशबाट पेट्रोलियम पदार्थको आयात कमशस् घटाउदै देशभित्रै उत्पादन हुने विद्युतको खपत बढाउने लक्ष्य राखिएको बताए । विद्युतीय सवारीसाधन सञ्चालनमा ल्याउँदै पेट्रोलियम पदार्थको आयात घटाएर व्यापार घाटा घटाउने सरकारको लक्ष्य रकेको पनि उनले जनाए।

डिजेलको गाडीलाई डिजेलजस्तै विद्युतीय बसलाई चार्जिङ स्टेसन आवश्यक हुन्छ । त्यसका लागि सरकारले नीतिनियम बनाएको छैन । यो समाचार आजको कन्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस