
एजेन्सी । पाकिस्तानको आर्थिक संकट झन गहिरदै गएको देखिदै छ । ऋणको बोझले दबिएको पाकिस्तानको विदेशी मुद्रा सञ्चिति लगभग समाप्तिको कगारमा पुगिसकेको छ र देशले नगदको चर्को संकटको सामना गरिरहेको छ । अमेरिकी डलरको तुलनामा पाकिस्तानी मुद्राको भाउमा भारी गिरावट आएको छ । यो अमेरिकी मुद्राको तुलनामा कमजोर भएको छ ।
जनवरी २५ मा पाकिस्तानी रुपैयाँ प्रति डलर २३० रुपैयाँमा बन्द भएको थियो । जहाँ बिहीबार जनवरी २६ मा बजार खुलेसँगै थप घटेर डलरको तुलनामा रु २ सय ५५ पुगेको थियो । यो स्तर यसको तल्लो स्तर हो। उच्च मुद्रास्फीति र नगद संकटको सामना गरिरहेको देशको मुद्राले नराम्रो मोड लिएको छ।
पाकिस्तानमा आर्थिक संकट दिन प्रतिदिन बढ्दै गएको छ । अन्य देश र अन्तर्राष्ट्रिय एजेन्सीहरूसमक्ष आफ्नो हात बढाउँदै, पाकिस्तानले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट राहत प्याकेजको अर्को किस्तामा आफ्ना कडा शर्तहरू स्वीकार गर्न सहमत भएको छ। यी संकेतहरूले पाकिस्तानी मुद्रामा नराम्रो प्रभाव पारेको छ र यो घटेको छ।
प्रतिक्रिया दिनुहोस