aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

५० करोडको लागतमा ५० चार्जिङ स्टेसन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १८ भदौ २०७६
५० करोडको लागतमा ५० चार्जिङ स्टेसन

काठमाडौ । नेपाल विद्युत प्राधिकरणले देशभरका ५० स्थानमा चार्जिङ स्टेसन निर्माण गर्ने प्रक्रिया अघि बढाएको छ ।

सुरुमा २० चार्जिङ स्टेसन बनाउने लक्ष्य राखेको प्राधिकरणले विद्युतीय सवारी साधन प्रवद्र्धनका लागि ५० चार्जिङ स्टेसन निर्माण प्रक्रिया अघि बढाएको हो ।


विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले करिब ५० करोडको लागतमा ५० चार्जिङ स्टेसनको निर्माणको प्रक्रिया अघि बढाएको जानकारी दिएको समाचार आजको कारोबार दैनिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस