aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी शुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १३ माघ २०७९
नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी शुरु

काठमाडौं । नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी २०७९ शुरु भएको छ । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रालिको संयुक्त आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा उक्त प्रदर्शनी शुरु भएको हो । 

विभिन्न देशका एक सयभन्दा बढि ख्याती प्राप्त ब्राण्डहरुका स्टल तथा यस क्षेत्रमा कार्यरत व्यवसायी तथा संस्थाहरुको यस प्रदर्शनीमा रहेको छ । यस प्रर्दशनीको उद्घघाटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रि श्री दामोदर भण्डारीले गरेका हुन् ।    

फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनी, डिलर, सब डिलर र बिक्रेताहरुले काठ व्यवसायसंग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँ नयाँ प्रविधिको बारेमा जानकारी गराउनको लागि यो प्रदर्शनी ७ वर्ष देखी कोसेढुंगा सावित हुदै आएको छ । 

यस आठौँ नेपाल उड प्रदर्शनीमा आयोजकहरुले संसार भरका ख्याती प्राप्त कम्पनी तथा ब्रान्डलाई नेपाली बजारमा आएर भविष्य लक्षित वस्तु तथा टेक्नोलोजीलाई नेपाली उद्योगहरुमा प्रयोग गराउन एउटा पहलका रुपमा लिएका छन् ।   

प्रतिक्रिया दिनुहोस