aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ गने हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १३ माघ २०७९
राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ गने हुने
फाइल फोटो

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन यही माघ २३ गते सोमबार हुने भएको छ । राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उपाध्यक्ष पदको निर्वाचनको मिति तय भएको जानकारी दिएका हुन् ।  

तत्कालीन उपाध्यक्ष शशीकला दाहालको कार्यकाल सकिएपछि उपाध्यक्ष चयन हुन सकेको थिएन । राष्ट्रियसभा नियमावलीअनुसार निर्वाचनको कार्यतालिका प्रकाशित गर्न राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले सङ्घीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमलाई निर्देशन दिएका थिए ।  

प्रतिक्रिया दिनुहोस