aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

सर्वोच्चको फैसलापछि रविले भने, ‘सर्वोच्चको फैसला स्वीकार्छु, म अनागरिक भए’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १३ माघ २०७९
सर्वोच्चको फैसलापछि रविले भने, ‘सर्वोच्चको फैसला स्वीकार्छु, म अनागरिक भए’

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सर्वोच्च अदालतको फैसला पछि देशकै अनागरिक बन्न पुगेका छन् । सर्वोच्च अदालतले शुक्रबार उनले नागरिकता प्रक्रिया पुरा नगरेको फैसला गरेसँगै उनले उपप्रधान तथा गृहमन्त्री, सांसद र पार्टीको सभापति पदसमेत गुमाएका हुन् । 

मन्त्रालयबाट बाहिरिए पछि उनले सर्वोच्च अदालतको फैसला स्वीकार गर्ने बताए । सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिदै उनले भने, ‘अदालतको फैसला स्वागत गर्छु, स्वीकार गर्छु। अदालतभन्दा माथि कोही छैन । अनागरिकसँग यी प्रश्न नसोध्नहोस ।’

असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरेर त्यसको सभापति बनेका रवि मंसिर ४ गतेको निर्वाचनमा चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइ पुस ११ गते देशको उपप्रधान तथा गृहमन्त्री बनेका थिए । 

प्रतिक्रिया दिनुहोस