aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

रविले प्रधानमन्त्रीलाई बुझाए गृहमन्त्री पदबाट राजीनामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १३ माघ २०७९
रविले प्रधानमन्त्रीलाई बुझाए गृहमन्त्री पदबाट राजीनामा

काठमाडौं । रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा दिएका छन्। सर्वोच्च अदालतले लामिछानेको नागरिकता अवैध रहेको ठहर गरेपछि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर राजीनामा दिएका हुन्।

लामिछाने सर्वोच्च अदालतको फैसला पछि देशकै अनागरिक बन्न पुगेका छन् । उनले नागरिकता प्रक्रिया पुरा नगरेको फैसला गरेसँगै उनले उपप्रधान तथा गृहमन्त्री, सांसद र पार्टीको सभापति पदसमेत गुमाएका हुन् । 

असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरेर त्यसको सभापति बनेका रवि मंसिर ४ गतेको निर्वाचनमा चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइ पुस ११ गते देशको उपप्रधान तथा गृहमन्त्री बनेका थिए । 

प्रतिक्रिया दिनुहोस