aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

साउदी जाँदै गरेका नेपाली युवतीहरु बिच बाटैमा बेपत्ता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १८ भदौ २०७६
साउदी जाँदै गरेका नेपाली युवतीहरु बिच बाटैमा बेपत्ता

काठमाडौं । तीन साताअघि वैदेशिक रोजगारीका लागि साउदी अरेबियाका लागि उडेका दुई जना नेपाली महिला ओमानको विमानस्थलबाट बेपत्ता भएका छन् । 

काठमाडौंको एक मेनपावर कम्पनीबाट साउदी उडेका ती महिला श्रम स्वीकृति लिएर गएका थिए । तर, कसरी ट्रान्जिटबाटै कहाँ बेपत्ता भए भन्ने विषयमा प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले छानविन थालेको छ ।

प्रारम्भिक अनुसन्धानमा उनीहरुलाई मानव तस्करीमा संलग्न समूहले ओमनमै बिक्री गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । मानव बेचबिखनको घटनामा यो नयाँ शैली देखिएको ब्युरोका निर्देशक एसएसपी ईश्वरबाबु कार्की बताउँछन् । यो समाचार आजको नयाँपत्रिका दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस