aarthiknews.com सोमबार, २० जेठ २०८२   Monday, 02 June, 2025
 

चोरीका मोबाइलसहित तीन पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १८ भदौ २०७६
चोरीका मोबाइलसहित तीन पक्राउ

काठमाडौं । महानगरीय प्रहरी वृत्त जगातिको टोलीले मङ्गलबार चोरीका विभिन्न ब्राण्डका ५६ थान मोबाइल, भारतीय नम्बरप्लेटको एक गाडी र  ६२ हजार ७४४ रुपैयाँ सहित तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । 

पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका–६ खरिपाटी बस्ने २२ वर्षीय रामकुमार लामिछाने, सर्लाही मलङ्गवा नगरपालिका–४ घर भई हाल काठमाडौं गैरीगाउँ बस्ने २३ वर्षीय रञ्जितकुमार पण्डित र भारत नयाँदिल्ली घर भई हाल काठमाडौँ महानगरपालिका–५ बालकुमारीमा फ्याल्ट भाडामा लिई बस्ने ३३ वर्षीय सत्य प्रकाश रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले विभिन्न कम्पनीका मोबाइल सेट ५६ थान, ब्याट्री १८ थान, भारु चार हजार ८४०, नेपाली रु ६२ हजार ७४४ र नक्कली बिल प्याड बरामद गरेको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए । 

नेपाल र भारतका विभिन्न स्थानबाट चोरी गरिएका मोबाइल सत्य प्रकाशले जम्मा गरी रञ्जितकुमारलाई बिक्री गर्ने र रञ्जितकुमारबाट उक्त सेटहरु लामिछानेले खरीद गरी बिक्री वितरण गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको उनले जानकारी दिए ।

प्रहरीले मोबाइल चोरीमा प्रयोग गर्ने भडीएल१सीजेट ४५५३ नंको भारतीय सवारीसाधनसमेत नियन्त्रणमा लिएको जानकारी दिँदै उहाँले पक्राउ परेकाबाट थप अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस