दमौली । दुई दशकदेखि सञ्चालित अरनिको आँबुखैरेनी सिमेन्ट उद्योग बन्द भएको छ । कर्मचारीहरूले सामूहिक राजीनामा दिएपछि आँबुखैरेनी(२ मा रहेको उद्योग बन्द भएको हो। उद्योगका मानव संसाधन प्रमुख पंकल मल्लिकले कर्मचारीहरूले दसामूहिक राजीनामा दिएकाले उद्योग दबन्द भएको बताए ।
'राजीनामा फिर्ता गरी नियमित काममा फर्कन उद्योग व्यवस्थापकले गरेको आग्रहलाई कर्मचारीले अटेर गरेकाले बन्द गर्नुपरेको हो,' उनले भने।
उद्योगका केही कर्मचारीले सिमेन्ट उत्पादन भइरहेका समयमा एक्कासि विद्युत् आपूर्ति बन्द गरी काममा व्यवधानसमेत उत्पन्न गरेका थिए।
भदौ ५ गते उद्योगमा कार्यरत २८ कर्मचारीले सामूहिक राजीनामा दिएका थिए। फिर्ता लिन अटेर गरेपछि भदौ ७ गतेवाट लागु हुने गरी राजीनामा स्वीकृत गरेको मल्लिकले बताए।
उद्योग व्यवस्थापनले भदौ ८ देखि अर्को सूचना नभएसम्मका लागि उत्पादन बन्द भएको जानकारी सरोकारवालालाई गराएको छ। यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस