aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

बङ्गलादेशमा पाँच सय बत्तीस विद्यार्थीद्वारा आ'त्मह'त्या

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १४ माघ २०७९
बङ्गलादेशमा पाँच सय बत्तीस विद्यार्थीद्वारा आ'त्मह'त्या

ढाका । बङ्गलादेशमा पाँच सय ३२ जना विद्यार्थीले आ'त्मह'त्या गरेका छन् । विभिन्न शैक्षिक प्रतिष्ठानमा अध्ययनरत ती विद्यार्थीले गत वर्ष आत्महत्या गरेका एक अध्ययनले देखाएको हो ।

एक सय ५० वटा राष्ट्रिय तथा स्थानीय समाचारपत्रमा आधारित अध्ययन प्रतिवेदन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गर्दै  आँचोल प्रतिष्ठानका प्रमुख फर्जाना अख्तर लाम्बानीले तीन सय ४० जना विद्यालयका छात्रछात्राले आ'त्मह'त्या गरेका बताए । 

त्यसैगरी एक सय ६ जना कलेजका विद्यार्थी र ५४ जना इस्लामिक विद्यालयका छात्रछात्राले आत्म'ह'त्या गरेका थिए । विभिन्न विश्वविद्यालयका ८६ जनाले पनि गत वर्ष आफ्नो प्राण आफैँ लिएका थिए । विगत केही वर्षयता देशमा आत्महत्याको दर बढेकामा उहाँले चिन्ता व्यक्त गर । सिन्ह्वा 

प्रतिक्रिया दिनुहोस