काठमाडौं । नागरिकता विवादका कारण सर्वोच्च अदालतको संवैधानिक इजलासको फैसलाबाट बर्खास्तमा परेका रवि लामिछानेको नाम गृहमन्त्रालयले पूर्व मन्त्रीको सूचिमा पनि राखेको छैन । शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिता पुनः प्राप्ति गर्न आदेश दिएसँगै लामिछाने बर्खास्त भएका थिए ।
त्यस लगत्तै मन्त्रालयले उनको नाम गृह मन्त्रालयलको वेभसाइटबाट हटाएको छ । गृहमन्त्रीबाट नाम हटाएको मन्त्रालयले उनको नाम पूर्वमन्त्रीको सूचीमा पनि राखेको छैन ।
पूर्व गृहमन्त्रीमा २०४७ साल यता गृहमन्त्री भएका २० जनाको नाम रहेपनि रविको नाम भने छैन । राष्ट्रिय स्वतन्त्र पार्टीबाट चितवन–२ बाट निर्वाचित लामिछाने गत पुस ११ गते उपप्रधान एवं गृहमन्त्रीको रुपमा शपथ लिएका थिए । उनी मन्त्रीको रुपमा ३२ दिनमात्रै रहे ।
प्रतिक्रिया दिनुहोस