काठमाडौं । चालू आर्थिक वर्षको पहिलो महिना एक खर्ब ६ अर्ब आयात हुँदा निर्यात भने आठ अर्ब ८३ करोड रुपैयाँको भएको छ।
भन्सार विभागका तथ्याङक अनुसार चालू आर्थिक वर्षको पहिलो महिनामा एक खर्ब ६ अर्ब ७२ करोड ५३ लाख १८ हजार रुपैयाँको आयात भएको छ । सो अवधिमा ८ अर्ब ८३ करोड ७० लाख ८६ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ। आयात बढ्दै गएपनि सो अनुपातमा निर्यात बढन सकेको छैन । पहिलो महिनामा नौ वटा भन्सार कार्यलयबाट निर्यात शून्य भएको छ।
पहिलो महिना नौ वटा भन्सार कार्यालयहरुले एक रुपैयाँको वस्तु पनि निर्यात भएको छैन। साउन महिनामा ८ अर्ब ८३ करोड ७० लाख ८६ हजार रुपैयाँ बराबरको वस्तु निर्यात गरेकोमा नौ भन्सार कार्यालय शून्यमा रहेको हो ।
विभागका अनुसार कुल २४ भन्सार कार्यालयमध्ये भद्रपुर, जलेश्वर, जनकपुर, महेशपुर, सर्लाही, सति, सिरहा, तातोपानी र तादी भन्सार कार्यालयबाट
पनि वस्तु निर्यात भएनन् । आयात भने सबै भन्सार कार्यालयबाट भएका छन्। सबैभन्दा धेरै वीरगञ्ज भन्सारबाट २ अर्ब ५७ करोड ९४ लाख ७५ हजार बराबरको वस्तु निर्यात भएको छ।
यो कुल निर्यातको २९ दशमलब १९ प्रतिशत हो । निर्यात व्यापारमा विराटनगर भन्सार दोस्रो स्थानमा छ। कुल निर्यातको २८ दशमलब १६ प्रतिशत अर्थात २ अर्ब ४८ करोड ८४ लाख १७ हजारको निर्यात यो भन्सार कार्यालयबाट भएको छ। यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस