aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

रविले आजै फेरि मन्त्रीको शपथ खाने चर्चा, राजनीतिक चक्रब्युहमा फस्दैछ रास्वपा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ माघ २०७९
रविले आजै फेरि मन्त्रीको शपथ खाने चर्चा, राजनीतिक चक्रब्युहमा फस्दैछ रास्वपा

काठमाडौं । आजै रवि लामिछानेले नयाँ नागरिकता लिँदै छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिने बित्तिकै उनी फेरि उपप्रधान तथा गृहमन्त्रीको कुर्सीमा पूर्ववतः पुग्ने चर्चा समेत चलिरहेको छ । 

समाचार स्रोतका अनुसार शुक्रबार साँझ नै एक ढङ्गको सहमति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित बसेर गरिएको छ । सो समझदारी अनुसार आज आइतबार कार्यालय खुल्नै वित्तकै राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र पुनर प्राप्तिका लागि निवेदन दिने छन् । 

नागरिकता पाउने वित्तिकै संविधानले दिएको ६ महिने सुविधा प्रयोग गर्दै उपप्रधान तथा गृहमन्त्रीकारुपमा शपथ खानेगरि प्रधानमन्त्रीसँग सहमति भएको उच्च समाचार स्रोतले जानकारी दिएको छ । निर्वाचन आयोगसँग समन्वय गरी छिट्टै चितवनमा उपनिर्वाचन गर्ने र सोही स्थानबाट फेरि रवि लामिछानेलाई नै जिताएर ल्याउनेसम्मको गठबन्धनको तयारी रहेको जनाइएको छ । 

रवि लामिछानेको नागरिकता प्रकरणमा नै राजनीतिक दाउपेच निकै हाबी भइसकेको हुनाले उनलाई एकैसाथ दुई वटा राहदानी बोकी हिँडेको अभियोगमा थप मुद्दा चलाएर अड्काउने सम्भावना समेत देखिन्छ । उनले नेपाली र अमेरिकी राहदानी एकैसाथ प्रयोग गरेको विषयमा अदालतमा मुद्दा दायर गर्ने तयारी गरिरहेका वकिलहरू भने सो मुद्दालाई अग्राधिकार नदिई पाँच वर्ष अड्काउनेगरि राजनीतिक दबाब आउने हो की भन्ने पिरलोमा छन् । 

उता रवि लामिछानेको नागरिकता प्रकरणमा मुद्दा हराएको भन्दै नारा जुलुस गर्ने र सर्वोच्च तर्फ फर्केर धारे हात लगाउने उनका समर्थकहरूले नै अनेकौँ लफडा र विवादमा पारेर उनको छवि अझ बढी धुमिल्याउने चिन्ता रविका निकटस्थहरूले गरिरहेका छन् । रविलाई अहिले सबैभन्दा बढी अप्ठ्यारो उनकै समर्थकहरूबाट छ । 

उनीहरूको अराजकताले रवि विरोधी माहोलमा झन् घिउ थप्ने सम्भावनाकाबिच सत्ता राजनीतिको जोड घटाउका हिसाब किताबमा समेत रविबारेका निर्णयहरू मिसिनाले रवि र उनको पार्टी रास्वपाको राजनीतिक भविष्यलाई नै चक्रब्युहमा पारेको विश्लेषण गरिँदै छ । 

 

 

 

प्रतिक्रिया दिनुहोस