काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । लामिछाने प्रचण्डलाई भेट्न प्रधानमन्त्री निवास बालुुवाटार पुगेका हुन् ।
शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासको फैसलाबाट पुरानो नागरिकता बदर भएसँगै उपप्रधान एवम गृहमन्त्री, सांसद र पार्टी सभापतिको हैसियत गुमाएका लामिछाने आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकता लिएर पार्टीको पुन सभापति भएपछि साँझ प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् ।
अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेका कारण उनले सर्वोच्चको फैसलापछि शुक्रबार उपप्रधानमन्त्री तथा गृहमन्त्रीको पदमात्र गुमाएका थिएनन् उनी देशमै अनागरिक बनेका थिए ।
आज साँझ प्रधानमन्त्री प्रचण्डलाई भेटेपछि उनले गृहमन्त्रालय कायम राख्ने आफ्नो पार्टीको बटमलाइन भएको दोहोर्याएको बुझिएको छ । जवाफमा प्रचण्डले गठबन्धनमा छलफल गर्ने बताएका छन् ।
लामिछानेले नेपाली नागरिकता लिएपछि आइतबार नै नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले आइतबार नै बालुवाटार पुगेर प्रचण्डलाई भेटेका थिए । भेटमा लामिछानेलाई नै गृहमन्त्रालयको जिम्मा दिन ओलीले प्रचण्डलाई आग्रह गरेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस