aarthiknews.com बुधबार, १५ जेठ २०८२   Wednesday, 28 May, 2025
 

भूकम्प आउँदैछ भन्ने हल्लाले रातभर चिसोमा जाग्राम

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • सोमबार, १६ माघ २०७९
भूकम्प आउँदैछ भन्ने हल्लाले रातभर चिसोमा जाग्राम

मुगु । आइतबार राती १२ बजेबाट भुकम्प आउ छ भन्दै अफबहा फैलाएपछि मुगु सदरमुकाम गमगढी एवम् छायाँनाथ रारा नगरपालिका आसपासका स्थानीयबासी घर छोडेर सडक र खुल्ला ठाँउमा बस्न बाध्य भएका छन् ।

सदरमुकाम गमगढीबासी त्यसका आसपासका गाउँ चैन, ढुम, तुम, भामबाडा, छत्यालबाडा, कार्कीबाडालगायत छायाँनाथ रारा नगरपालिकाका सबै गाउँलेहरु भुकम्प आउदै छ रे भन्दै चिसो रात काटेका छन् ।

जिल्ला प्रहरी कार्यालय मुगुले कुनै जानकारी नभएको आफबाह फैलाएको बताएको छ । त्रसित सर्वसाधरणलाई हल्लाको पछि नलाग्न भुकम्प विभागले आग्रह गरेको छ । 

प्रतिक्रिया दिनुहोस