
काठमाडौं । नेपाल सरकारका वेबसाइट शनिबार करिब पाँच घण्टा अवरुद्ध भएका छन् । दिउँसो करिब १२ ३० बजेदेखि बेलुका साढे पाँच बजेसम्म जीओभी डटकम डटएनपी सरकारी वेबसाइट नचल्दा सेवाग्राही मर्कामा परेका छन् ।
राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी)को सर्भरमा समस्या आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय हवाई उडान बढी मात्रामा प्रभावित भएका छन् । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले शनिबार दिउँसो १२ बजेदेखि आएको प्राविधिक समस्याका कारण छवटा उडानका झन्डै आठ सय यात्रुको हवाई यात्रा प्रभावित हुन पुगेको जानकारी दिए ।
राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी)को सर्भरमा रहेका जीओभी डट कम डट एनपी सरकारी साइटमा समस्या उनले भने, “अध्यागमनको सर्भर डाउन भएका कारण विमानस्थलबाट भित्रिने र बाहिरिने यात्रुको यात्रा प्रभावित भयो। समयमै जहाज उड्न नपाएपछि कैयौँ कनेक्टिङ फ्लाइटसमेत प्रभावित हुन पुगे ।”
यात्रुको सुविधाका लागि म्यानुअल सिस्टममार्फत यात्रा सहजीकरण गरिएको उनको भनाइ छ । अन्तर्राष्ट्रियतर्फका कुनै उडान रद्द नभए पनि नेपाल वायुसेवा निगम, भिस्तरा, इन्डिगो, फ्लाई दुबई, थाई स्माइल र एयर इन्डियाले ढिला (डिले) गरेर उडान भरेको उनले जानकारी दिए ।
राष्ट्रिय सूचना प्रविधि केन्द्रको सर्भरमा समस्या आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय हवाई उडान बढी मात्रामा प्रभावित करिब दुई घण्टासम्म प्राविधिक समस्या समाधान नभएपछि सम्बद्व मन्त्रालय र विभागसँग छलफल गरेर यात्रुको यात्रा विवरण टिपेर म्यानुअल उडान सुरु गरिएको विमानस्थलस्थित अध्यागमन विभागका प्रमुख वासुदेव घिमिरेले बताए । उनले भने, “समस्या समाधानका लागि विभिन्न प्रयासबीच विमानस्थलमा यात्रुको भीड बढ्दै गएपछि यात्रु आक्रोशित र उद्दण्ड देखिएपछि उनीहरूको व्यवस्थापन गर्दै म्यानुअल उडान सुरु गरिएको हो ।
समस्या समाधानपछि यात्रुको विवरण प्रणालीमा अद्यावधिक गरिएको छ ।” यस्तै प्राविधिक समस्याका कारण वैदेशिक रोगजार विभाग र विमानस्थलस्थिल भन्सार विभागका कामकारबाहीमा समेत समस्या पुगेको थियो ।
प्रतिक्रिया दिनुहोस