aarthiknews.com बुधबार, १५ जेठ २०८२   Wednesday, 28 May, 2025
 

प्रेमको नाटक गरेर शारीरिक सम्बन्ध, अश्लिल भिडियो बनाएपछि पक्राउ

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • मंगलबार, १७ माघ २०७९
प्रेमको नाटक गरेर शारीरिक सम्बन्ध, अश्लिल भिडियो बनाएपछि पक्राउ

काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्रहत्या गरेको अभियोगमा दोलखा मेलुङ गाउँपालिका(७ खड्काथोक बस्ने २४ वर्षीय अर्जुन खड्कालाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरीका अनुसार पिडकले  सामाजिक सञ्जाल फेसबुक मार्फत पीडित महिलासँग चिनजान गरेर म्यासेञ्जरमा कुराकानी गरी प्रेम गरेको नाटक गरेर  शारीरिक सम्बन्ध राखेका थिए । त्यसपछि अश्लील फोटो तथा भिडियो बनाई पीडितको साथीको फेसबुक म्यासेञ्जरमा पठाएर अनावश्यक दुस्ख, हैरानी दिएको प्रहरीको भनाइ छ । समाजमा पीडितको चरित्रहत्या, बदनाम, बेईज्जत हुने कार्य गरेकाले उनलाई नेपाल प्रहरी प्रधान कार्यालय साईबर ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

उनी माथी विद्युतीय कारोवार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान कार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस