aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

जापान जाने कामदारसँग निश्चित शुल्क लिन मिल्दैन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १८ भदौ २०७६
जापान जाने कामदारसँग निश्चित शुल्क लिन मिल्दैन

काठमाडौं । लामो समयदेखि अन्योलमा रहेको जापानले कामदार लैजाने विषयले अन्ततः निश्चितता पाएको छ ।

जापानले रोजगारीका लागि असोज दोस्रो साता भाषा तथा सीप परीक्षाको आवेदन खुलाउने भएपछि नेपाली कामदार जापान जाने निश्चित भएको हो । जापानी श्रम मन्त्रालयले जारी गरेको सूचनाअनुसार असोज दोस्रो सातादेखि आवेदन खुल्ला गरी कात्तिक दोस्रो साता परीक्षा सञ्चालन हुनेछ ।

जापान सरकारले नेपाललगायत अन्य चार मुलुकका लागि परीक्षाको मिति निश्चित गरेको हो । जापान जाने कामदारसँग निश्चित शुल्क लिन पाइँदैन् । बिचौलियालाई निरुत्साहित गर्न नेपाल र जापान दुबै देशका सरकारले आफ्ना निकायमार्फत् काम कारबाही अघि बढाउने भएका छन् । 

परीक्षाका लागि भने प्रवेश शुल्कवापत करिब एक हजार रुपैयाँ लाग्ने छ । यो समाचार आजको नयाँपत्रिका दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस