aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

भारतको आर्थिक वृद्धि ३ वर्षमा सबैभन्दा सुस्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १७ माघ २०७९
भारतको आर्थिक वृद्धि ३ वर्षमा सबैभन्दा सुस्त

एजेन्सी । मंगलबारको बजेट सत्रमा अर्थमन्त्री निर्मला सीतारमणले आर्थिक सर्वेक्षण पेश गरेकी हुन् । सर्वेक्षणले आर्थिक वर्ष २०२३–२४ को कुल गार्हस्थ्य उत्पादन वृद्धि दर ६.५ प्रतिशत हुने अनुमान गरेको छ । यो पछिल्लो ३ वर्षमा सबैभन्दा सुस्त वृद्धि हुनेछ। जहाँ नाममात्र जीडीपी ११ प्रतिशत अनुमान गरिएको छ।

सर्वेक्षणले भारत विश्वको सबैभन्दा द्रुत बृद्धि हुने प्रमुख अर्थतन्त्र जारी रहने उल्लेख गरेको छ। सर्वेक्षणका अनुसार भारत पीपीपी (परचेजिङ पावर समता) को आधारमा विश्वको तेस्रो ठूलो अर्थतन्त्र र विनिमय दरको हिसाबले पाँचौं ठूलो अर्थतन्त्र हो। सर्वेक्षणमा भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) अनुमान, मुद्रास्फीति अनुमान, विदेशी मुद्रा भण्डार र व्यापार घाटा समावेश छ।
 

प्रतिक्रिया दिनुहोस