aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

बलभद्र कुँवर स्मृति प्रतिष्ठानको भवन भैरहवामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १७ माघ २०७९
बलभद्र कुँवर स्मृति प्रतिष्ठानको भवन भैरहवामा

भैरहवा । रुपन्देहीमा बलभद्र कुँवर स्मृति प्रतिष्ठानको भवन उद्घाटन भएको छ । कुँवर सेवा समाज रुपन्देहीले मंगलवार एक कार्यक्रमका बिच राष्ट्रिय विभूति  वीर बलभद्र कुँवर स्मृति प्रतिष्ठान भवनको उद्घाटन गरेको हो ।

उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि तथा गण्डकी प्रदेशका सांसद् दोर्णकुमार कुँवरले नेपालको इतिहासलाई हेर्दा कुँवरको योगदान महत्वपूर्ण रहेको बताउँदै मुलुकभरका कुँवरहरु एक जुट भएर लाग्नु पर्ने बताए ।

उनले विभिन्न जिल्लाबाट छरिएर आएका कुँवरहरु रुपन्देहीमा एकजुट भएर इतिहास जोगाइराख्न बलभद्र कुँवरको नाममा स्मृति प्रतिष्ठान गठन गरि भवन बनाएकोमा खुसी व्यक्त गर्दै संरक्षण गर्ने जिम्ममा कुँवर परिवारको रहेको बताए ।

मायादेवी गाँउपालिकाका अध्यक्ष धुर्व नारायण चौधरीले विगतका वर्षहरुमा पनि कुवँर समाजको भवन निमार्ण कार्यमा सहयोग गर्दै आएको र आगामी दिनमा पनि यस भवनको थप विकाशमा गाँउपालिका बाट गर्नु पर्ने सबै सहयोग गर्ने प्रतिबद्धता गरे ।

कार्यक्रममा बोल्दै मायादेवी गाँउपालिका वडा नं ८ का अध्यक्ष चोक बहादुर थापाले कुवँरहरुलाई सधै एउटै छानामा बाधेर एक गराउनकालागि एक अभियान हुनु पर्ने बताए । उनले कुवँर समाजलाइ थप गतीसील बनाउन सबैले सहयोग गर्नु पर्ने बताए ।

समाजका अध्यक्ष दलकुमार कुँवरले कुँवरको इतिहास बलिदानी पूर्ण रहेको बताउँदै भवन निर्माणका लागि कुँवर वंशज र समाजसेवीहरुको सहयोगले निर्माण गर्न सफल भएको बताए ।

बलभद्र कुंवर नेपालका एक राष्ट्रिय विभूति तथा एक वीर योद्धा थिए । सन् १८१४–१८१६ को बीचमा चलेको गोरखा युद्धको पछि ऊनी प्रसिद्ध हुन पुगेका थिए । ऊनी गोरखाली सेनाका एक क्याप्टेन थिए र १८१४ मा देहेरादुनको बाहिर नालापानीको युद्धमा गोरखाली सेनाका नेतृत्व गर्दै लडेका थिए । नालापानीको युद्ध नेपालले ब्रिटिश सरकारसँग लडेको पहिलो साहसिक युद्ध थियो ।

नेपाल ब्रिटिस युद्धमा नालापानीको रक्षाको निमित्त नेपालको तर्फबाट करिब ६०० जनाको नेतृत्व गर्दै वीर बलभद्र खटिएका थिए । अंग्रेज फौजले नालापानी किल्लामा धावा बोल्दा बलभद्र नेतृत्वको नेपाली फौजले उच्च युद्ध कौशल, साहस, वीरता, शौर्य र पराक्रमका साथ भाला, खकुरी, खुँडा, तरबार र भरुवा बन्दुकले प्रतिरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस