aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

लुम्बिनी प्रेस क्लबमा नयाँ नेतृत्व

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १७ माघ २०७९
लुम्बिनी प्रेस क्लबमा नयाँ नेतृत्व

भैरहवा । लुम्बिनी प्रेस क्लबको पदस्थापन कार्यक्रम भएको छ । मंगलवार एक कार्यक्रमका बिच क्लबको नवनिर्मित भवनको सभाहलमा पदस्थापन भएको हो । पदस्थापन पश्चात अध्यक्ष पुष्पा खनालले क्लबको गरिमालाई उच्च राख्न सदैव लागि पर्ने बताउँदै नयाँ कार्ययोजनाका साथ काम अगाडि बढाउने बताइन् ।

उनले अहिलेको आर्थिक मन्दीका कारण अधुरो भवन पूरा गर्ने जिम्मेवारी चुनौतिपूर्ण रहेको बताउँदै सबैको साथ र सहयोग भएमा पूरा गर्न सकिने बताइन् । माघ १४ गते क्लबको चौथो अधिवेशन भएको थियो ।

अधिवेशनबाट अध्यक्षमा पुष्पा खनाल, उपाध्यक्ष कमल रायमाझी र श्यामशंकर पाण्डे, महासचिव शंकर प्रसाद पाण्डे, सचिव प्रकाश न्यौपाने, कोषाध्यक्ष राधेश्याम विश्वकर्मा, सहकोषाध्यक्ष पुनहरि बेल्बासे कार्यसमिति सदस्यमा रविन्द्र प्रताप गुप्ता, पशुपति यादव, विष्णुप्रसाद भट्टराई, शशी पन्थी, मोहम्मद हविव र प्रतिक पौडेल सर्वसहमत निर्वाचित भएका थिए ।

त्यस्तै लेखा संयोजकमा शोभाकान्त रेग्मी, तालिम समिति संयोजकमा उषा सिंह निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद ढकालले घोषणा गरे । पदस्थापन कार्यक्रममा क्लबका निर्वतमान अध्यक्ष नरेश केसी, संस्थापक अध्यक्ष माधब ढुङ्गाना, निर्वतमान अध्यक्ष हेमबहादुर पछाई, निर्वाचन अधिकृत कृष्णप्रसाद ढकालले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस