aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

गृह मन्त्री हुन लामिछानेको रोइ कराइ, ओलीलाई भेट्न पुगे बालकोट

  • रासस
    रासस
  • मंगलबार, १७ माघ २०७९
गृह मन्त्री हुन लामिछानेको रोइ कराइ, ओलीलाई भेट्न पुगे बालकोट

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच आज भेटवार्ता भएको छ । भक्तपुरको बालकोटस्थित ओली निवासमा दुवैजनाबीच सत्ता गठबन्धनमा भएको सहमतिबारे बारे छलफल भएको बताइएको छ । 

सरकार गठन हुँदा सत्ता गठबन्धन दलहरुबीच भएको सहमति कार्यान्वयनमा समस्या आएको र सहमतिअनुसार गृह मन्त्रालय आफ्नो पार्टीले पाउनुपर्ने अडान सभापति लामिछानेले अध्यक्ष ओलीसँग राखेको उनको सचिवालयले जनाएको छ । भेटवार्ताका क्रममा अध्यक्ष ओलीले सत्ता गठबन्धनबीच भएको सहमति कार्यान्वयनको पक्षमा आफू रहेको बताएबा थिए । 

प्रतिक्रिया दिनुहोस