aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

बालुवाटार जग्गा प्रकरणबारे बयानका लागि अख्तियारले थप ५८ जना तानिए (सूचनासहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १८ भदौ २०७६
बालुवाटार जग्गा प्रकरणबारे बयानका लागि अख्तियारले थप ५८ जना तानिए (सूचनासहित)

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललितानिवास जग्गा अनियमितता प्रकरणमा थप ५८ जनालाई बयानका लागि बोलाएको छ ।

जग्गा प्रकरणबारे छानबिन गरिरहेको आयोगले सार्वजनिक सूचना जारी गर्दै ७ दिनभित्र उपस्थित हुन भनेको छ ।

अख्तियारमा उपस्थित हुन जारी गरिएको सूचनामा कामना गुरुङ, कल्पना तुलाधर, शर्मिला शाक्य, प्रगति कंशकार, मनोज कुमार केडियालगायत ५८ जनाको नाम छ । कामना पूर्वसेनापति छत्रमान सिंह गुरुङको छोरी तथा व्यवसायी मीनबहादुर गुरुङको बुहारी हुन् । त्यस्तै, अन्य व्यापारी तथा व्यवसायीको नाम पनि बयानका लागि बोलाइएकाहरूको सूचीमा छ ।

बालुवाटारस्थित ललिता निवासको २९९ रोपनी जग्गा दुरुपयोग प्रकरण केही महिनादेखि चर्चामा छ । यसमा राजनीतिक दलका नेतादेखि उद्यमी तथा व्यापारीहरू जोडिएका छन् । यसबारे केही समयदेखि अख्तियारले छानबिन गरिरहेको छ । यसअघि पनि उसले विभिन्न जग्गा प्रकरणमा जोडिएका व्यक्तिलाई सम्पर्कमा आउन सूचना जारी गरेको थियो ।

हेर्नुहोस् अख्तियारद्वारा जारी गरिएको सूचना 

प्रतिक्रिया दिनुहोस