aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

भारतको अर्थमन्त्रीले बजेटमा मार्फत के घोषणा गरिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १८ माघ २०७९
भारतको अर्थमन्त्रीले बजेटमा मार्फत के घोषणा गरिन

एजेन्सी । भारतको वित्तमन्त्री निर्मला सीतारमणले करदाताहरूलाई राहत दिएकी छिन । आर्थिक वर्ष २०२३–२४ को बजेट भाषण गर्दै यस्तो सुविधा दिने घोषणा गरेकी हुन ।  नयाँ कर प्रणालीमा लाग्नेलाई छुटको सीमा ७ लाख रुपैयाँ पुर्याएको छ । यसअघि ५ लाख रुपैयाँ थियो । बजेटमा तलब पाउने वर्गलाई अर्को राहत थपेकी छिन नयाँ कर प्रणालीमा ५० हजार रुपैयाँको स्ट्यान्डर्ड डिडक्सन पनि समावेश गरिएको छ । अर्थात् साढे सात लाखसम्मको तलबमा कर लाग्ने छैन । 

तर  जागिरको सट्टा व्यवसायबाट कमाइ गर्नेलाई भने कटौतीको फाइदा पाइने छैन। आम्दानी एक रुपैयाँले पनि ७ लाख रुपैयाँभन्दा बढी भएमा कर तिर्नुपर्नेछ । अर्थमन्त्रीले नयाँ कर प्रणालीको नयाँ स्ल्याब पनि घोषणा गरेका छन् । अब तीन लाखसम्मको आम्दानीलाई करमुक्त हुनेछ । 

टिभी सस्तो हुनेछ। किनभने स्पेयर्समा भन्सार महसुल ५ प्रतिशतबाट घटाएर २.५ प्रतिशतमा झारेको छ । उत्पादनका केही पार्टपुर्जाको भन्सार महसुल घटेकाले मोबाइल फोन पनि सस्तो हुने भएको छ । हीराको मूल्य कम हुनेछ। उत्पादनमा प्रयोग हुने बीउमा भन्सार घटाइएको छ । चुरोटमा १६ प्रतिशत कर बढ्यो, महँगो हुने भन्सार बढेपछि चाँदीका सामान महँगो हुने भएको छ ।

यस्तोमा केन्द्र सरकारले मोबाइल फोन उत्पादनलाई लिएर ठूलो घोषणा गरेको छ । बजेट २०२३ को कार्यान्वयनपछि मुलुकमा मोबाइल फोन सस्तो हुन सक्नेछ । सरकारले मोबाइल फोनमा प्रयोग हुने केही पार्टपुर्जाको भन्सार महसुल घटाउने घोषणा गरेको छ । यसका साथै सरकारले मोबाइल फोन चलाउने लिथियम आयन ब्याट्रीमा लाग्ने भन्सार महसुल पनि घटाएको छ ।

अर्थमन्त्रीले मोबाइल फोन र टिभीका केही पार्ट्समा कस्टम डिभाइसको उत्पादन बढाएका छन् । आफ्नो बजेट भाषणमा वित्तमन्त्री निर्मला सीतारमणले क्यामेराको लेन्समा लाग्ने भन्सार शुल्क २.५ प्रतिशतमा झारेको बताइन् ।

प्रतिक्रिया दिनुहोस