काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा काम नलाग्ने संरचना र नीतिलाई हटाउनका लागि गृहकार्य आवश्यक भएको बताएका छन। बुधबार आर्थिक मिडिया एसोसिएन नेपाल(इमान)ले राजधानीमा गरेको कार्यक्रममा बोल्दै उनले आगामी दिनमा संरचनागत तथा नीतिगत सुधार गर्दै अगाडि बढ्ने प्रतिवद्धता जनाउँदै उनले अहिलेका नयाँ समस्याहरुको चाङलाई बिस्तारै कम गर्दै लैजाने बताएका हुन ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताएका छन् । उनले भने, बजेटको आकारको बारेमा हामी सच्चिनैपर्छ । गत वर्षको बजेटमा कति प्रतिशत वृद्धि गर्ने भनेर मात्रै त्यो छुट हामीलाई छैन ।
अर्थतन्त्रको चुनौति र समाधानका उपाय विषयक अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री पौडेलले बजेटको आकारलाई वास्तविक बनाउनुपर्ने बताए । उनले आर्थिक नीति परिमार्जन गर्ने बेला भएको र खर्च कटौतिको निर्णयलाई प्रभावकारी कार्यान्वयन गर्नका लागि आफू प्रतिवद्ध रहेको बताए ।
प्रतिक्रिया दिनुहोस