aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

म्यान्मारमा थप ६ महिनाका लागि थपियो संकटकाल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १९ माघ २०७९
म्यान्मारमा थप ६ महिनाका लागि थपियो संकटकाल

म्यान्मार । म्यान्मारको सैन्य सरकारले देशमा जारी रहेको संकटकालीन अवस्थालाई थप छ महिनाका लागि बढाइएको छ । 

देशको संकटकालीन अवस्थालाई थप छ महिना लम्ब्याउन राष्ट्रिय रक्षा तथा सुरक्षा परिषद्ले बुधबार सहमति जनाएको हो । 

सन् २०२१ को फेब्रुअरीमा आङ सान सुकीको सरकार अपदस्थ भएपछि घोषणा गरिएको आपतकालीन अवस्था लम्ब्याउन सैन्य सरकार ९जुन्ता० प्रमुख मिन आङ ह्लाइङले गरेको आग्रहलाई स्वीकार गरिएको सरकारी प्रसारक एमआरटीभीले जनाएको छ ।

म्यान्मारमा दुई वर्ष पहिले भएको सैन्य ‘कू’ पछि जुन्ता सरकारविरूद्ध देशभर भएका प्रदर्शनमा करिब दुई हजार सात सय व्यक्तिको मृत्यु भएको छ । सयौं नागरिकलाई राष्ट्रविरोधी गतिविधि गरेको आरोपमा पक्राउ गरी थुनामा राखिएको छ ।  

प्रतिक्रिया दिनुहोस