भक्तपुर । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले नौं जनालाई पक्राउ गरेको छ । सूर्यबिनायक नगरपालिका ६ चुनदेबी हाईटस्थित सिन्धुपाल्चोक जुगल गाउँपालिका ६ घर भएका ३७ वर्षीय छिरिङ तामाङको खाजाघरमा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत ९ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।
उक्त खाजाघरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १६ हजार ७५ रूपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस