aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

बिरामी घरको उपचार गर्न स्किल सेवा पुग्यो चितवन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १९ माघ २०७९
बिरामी घरको उपचार गर्न स्किल सेवा पुग्यो चितवन

काठमाडौं । हामी मान्छे बिरामी भयो भने हस्पिटल जान्छौ तर घर बिरामी भए कहाँ जाने त ? हो, जसरी हामी बिरामी भयौ भने हामीलाई अप्ठ्यारो हुन्छ त्यस्तै गरी घर पनि बिरामी हुन्छ । बिरामी घरमा बस्नु आफू र आफ्नो परिवारको लागि जोखिमपूर्ण हुने गर्दछ ।  

सुन्दा पनि अनौठो लाग्दै छ होला घर पनि बिरामी हुन्छ भनेर । तर, भित्ता रसाउने वा फुल्ने , पानी चुहिने, सीपेज, चर्कने , पेन्ट उप्कने, आदि बिरामी घरको लक्षण हुन । यी नै बिरामी घरहरूको उपचार स्किल सेवाले गर्ने गर्छ । 

तपाईँको घर, अफिस एवं व्यावसायिक भवनको सुरक्षा गर्ने उद्देश्यले स्किल सेवा अर्थात् तपाईँको घरको डाक्टरको स्थापना भएको हो । घरमा प्राय जसो दैनिक रूपमा देखिने समस्याको एकमुष्ट समाधान स्किल सेवा हो । त्यसैले पनि ग्राहकहरूले नै जुराएको  उपनाम हो, तपाइको घरको डाक्टर ।

दक्ष, योग्य, विशेषज्ञ प्राविधिक जनशक्तिले हाइ–टेक डिभाइसको प्रयोगबाट घरको चेकजाँच गरी समस्या पत्ता लगाउने, समस्याको कारण पत्ता लगाउने र समस्याको समाधान गर्नमा स्किल सेवा हमेसा अग्रपङ्गितिमा रहेको छ । विगत ५ वर्ष देखि उपत्यकाको ३ जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरमा आफ्नो अनवरत सेवा दिई रहेको यस कम्पनीले उपत्यका बाहिर पोखरामा पनि विगत ७ महिना देखि गुणस्तरीय सेवा सञ्चालन गरिरहेको छ । 

संस्थापक रामशरण विक्रम थापा थप्छन्, ‘तुलनात्मक रूपमा काठमाडौँमा भन्दा पोखरामा समस्यायुक्त घर  बढी छन् समस्या चेकजाँच गराउन चाहनुहुने धेरै ग्राहक सम्म समयमै सेवा समेत दिन सकिरहेका छैनौँ ।’  

कम्पनीले  अन्य मुख्य सहरहरूमा  पनि आफ्नो शाखा विस्तार गर्ने कार्यलाई निरन्तरता दिइरहेको छ भने यही आउँदो २२ गते बाट चितवनमा समेत आफ्नो सेवा बिस्तार गर्ने भएको छ । चितवनमा भरतपुरको हाकिम चोकमा कार्यालय रहने र कम्पनीको सेवा लिन चाहनुहुने १०० भन्दा बढी घरधनीले अग्रिम बुकिङ समेत गराइसकेको कम्पनीका बजारीकरण तथा बिक्री शाखा प्रमुख सफल प्रधानले जानकारी दिए । 

‘कम्पनीमा प्राय टेक्निकल क्षेत्रका साथीहरू हुनुहुन्छ,हामी ३ संस्थापक पनि टेक्निकल फिल्डकै छौँ त्यसैले गर्दा पनि कम्पनीको अन्य व्यवस्थापन पाटोमा हाम्रा केही कमजोरी हुन सक्छन् तथापि प्राविधिक पाटोमा भने हामी नम्बर १ दाबी गर्न सक्छौँ ।’ सिइव रमेश तिमिल्सिना भन्छन् । 

 

 

प्रतिक्रिया दिनुहोस