aarthiknews.com सोमबार, २० जेठ २०८२   Monday, 02 June, 2025
 

भिम अस्पतालमा क्षय रोगको जाँच गर्ने जिन एक्सपर्ट मेशिन

  • पुनहरि बेल्बासे
    पुनहरि बेल्बासे
  • बुधबार, १८ भदौ २०७६
भिम अस्पतालमा क्षय रोगको जाँच गर्ने जिन एक्सपर्ट मेशिन

भैरहवा । क्षयरोगको सहि निरुपण गर्नका लागि प्रयोग गरिने जेन एक्सपर्ट मेशिन को भैरहवा भिम अस्पतालमा मंगलबार प्रदेश नँ ५ का सामाजिक विकास मन्त्री माननिय सुदर्शन बरालले मेशीनको बटन थिचेर उद्घाटन गर्नुभएको छ । भैरहवा भिम अस्पतालमा क्षयरोगका विरामीको चाप बढ्नुका साथै माईक्रोस्कोपिक खकार परिक्षणबाट खकारमा क्षयरोगका किटाणु नदेखीदा  धेरैलाई सर्न सक्ने सम्भावना भएकोले जेन एक्सपर्ट मेशिनको माध्यमबाट लुकेर रहेको क्षयरोग पनि देखिने हुँदा जेन एक्सपर्ट मेशिनलाई भैरहवा भिम असपतालमा राखिएको कार्यक्रममा उपस्थित बक्ताहरुले बताए ।

कार्यक्रमका प्रमुख अतिथी प्रदेश नँ ५ का सामाजिक विकास मन्त्री माननिय सुदर्शन बरालले क्षयरोग भनेको जनस्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्ने रोग भएको हुँदा यसको समयमै पत्ता लगाई उचित उपचार गर्नुपर्ने कुरामा जोड दिदै क्षयरोगका बारेमा समुदायमा सचेतीकरणको आबश्यकता रहेको विचार व्यक्त गर्नुभयो । उहाँले भिम अस्पताललाई पचास शैयामा लैजानु पर्ने र त्यसका लागि मन्त्रालयले आबश्यक उपकरण र जनशक्तिको व्यवस्था गर्ने बताउनु भयो ।

राष्टिय क्षयरोग केन्द्रका निर्देशक सागर कुमार राजभण्डारीले नेपालमा दैनिक २२ जना क्षयरोगीले मृत्युवरण गरिरहेको र एक जना क्षयरोगीले बर्षमा दश जना निरोगी व्यक्तिलाई क्षयरोग सारिरहेको बताउँदै त्यसको रोकथामका लागि डट्स उपचार विधीलाई सही तरीकाले प्रयोग गर्नु र गराउन पर्ने कुरामा जोड दिनु भयो । निर्देशक राजभण्डारीले भैरहवामा सुरुगरिएको जेन एक्सपर्ट मेशिन अत्याधिक महँगो मेशिन भएको र एउटा टेष्ट गर्नकोलागि करिव १ हजार ७ सय रुपैयाँ खर्च आउने भए पनि विरामीको लागि निशुल्क भएको हुँदा यसको सहि तरीकाले प्रयोग गर्न अनुरोध समेत गर्नुभयो ।

५ नँ प्रदेशका स्वास्थ्य निर्देशक विनोद गिरीले भिम अस्पताललाई नपुग कर्मचारी नियुक्तीकालागि अधिकार दिईसकिएको बताउँदै जिन एक्सपर्ट मेशिनको माध्यम बाट हरेक सर्बसाधारणलाई सेवा प्रदान गर्न निर्देशन दिनु भयो ।

राष्टिय क्षयरोग केन्द्र द्धारा भिमअस्पताललाई प्रदान गरिएको  जिन एक्सपर्ट मेशिनको बर्तमान बजार मुल्य करिव ६० लाख रहेको र यो समेत नेपालमा ६० स्थानमा मेशिनको उपलब्धता रहेको कार्यक्रममा जानकारी दिईएको थियो  ।

जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक एकराज विश्वकर्माको अध्यक्षता, भिम अस्पतालका मेडिकल सुपरिन्टेण्डेण्ट डा. बद्री कुमार बैदवारको स्वागत मन्तब्य तथा भिम अस्पतालका अधिकृत गोविन्द बहादुर ज्ञवालीको संचालनमा  सम्पन्न कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरी अधिकारी, स्वास्थ्य तालिम निर्देशक महेश्वर श्रेष्ठ, सेभ द चिल्ड्रेनका पश्चिम क्षेत्रीय कार्यक्रम म्यानेजर मिम बहादुर सिँह लगायतको उपस्थिती रहेको थियो ।


 

प्रतिक्रिया दिनुहोस