aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

बाँकेमा पक्राउ परेका सांसद चौधरीलाई काठमाडौं हुँदै लगियो धनगढी

  • आजको नागरिक दैनिकबाट
    आजको नागरिक दैनिकबाट
  • शुक्रबार, २० माघ २०७९
बाँकेमा पक्राउ परेका सांसद चौधरीलाई काठमाडौं हुँदै लगियो धनगढी

काठमाडौं । अदालतको फरार सूचिमा रहेका कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित अरुण कुमार चौधरी बिहीबार लुम्बिनी प्रदेश बाँके जिल्लाको बैजनाथपुरबाट पक्राउ परेका छन् ।

ट्याक्टरमा आगजनी गरेको कसुरमा जिल्ला अदालत कैलालीबाट सुनाइएको ६ महिना कैद सजाय भुक्तान नगरेका कारण सांसद चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । धनगढीबाट ३ घण्टाको सडक दुरीमै रहेको बाँके बैजनाथपुरबाट पक्राउ परेका सांसदलाई सडक मार्गबाट प्रहरीले ल्याउन सकेन ।

सांसद चौधरीको निर्वाचन क्षेत्र रहेको कैलाली क्षेत्र नं २ हुँदै धनगढी ल्याउँदा उत्पन्न हुन सक्ने असुरक्षा र तनावलाई आँकलन गरेर सुरक्षा निकायले हवाईमार्गबाट काठमाडौँ लगेर धनगढी ल्याइएको प्रहरीका एक उच्च अधिकारीले बताए ।

बिहीबार दिउँसै पक्राउ गरेपनि उनलाइ साँझ करिब साढे ८ बजे धनगढी ल्याइएको हो । साँझ ७ बजेर २५ मिनेटको श्री ऐयरलाईन्सको जहाजबाट उनलाई धनगढी ल्याइएको थियो । चौधरीलाई कैलालीको हिरासतमा राखिएको प्रहरी अधिकारीले बताएका छन् । उनलाई शुक्रवार अदालतमा उपस्थित गराइने छ ।

प्रतिक्रिया दिनुहोस