aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

मलेसियाका गृहमन्त्रीले आजदेखि उच्च राजनीतिक भेटघाट गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २० माघ २०७९
मलेसियाका गृहमन्त्रीले आजदेखि उच्च राजनीतिक भेटघाट गर्ने

काठमाडौं । मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइलले आजदेखि औपचारिक रुपमा उच्च राजनीतिक भेटघाट गर्ने भएका छन् । तीनदिने नेपाल भ्रमणको क्रममा बिहीबार नेपाल आएका उनले आजदेखि औपचारिक भेटवार्ता सुरु गर्न लागेका हुन् । 

उनले आजदेखि भेट्ने सूचीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति बिद्यादेवी भण्डारी प्राथमिकतामा राखिएको छ भने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग पनि भेटवार्ता गर्ने भएका छन् । 

प्रतिक्रिया दिनुहोस