
एजेन्सी। अहिले विश्व नै गम्भीर आर्थिक मन्दीको सङ्घारमा छ। सन् २००८ को विश्वव्यापी आर्थिक मन्दीले बनाएको घाउमा खाटो बस्न नभ्याउँदै फेरी देखा परेका मन्दीका सङ्केतहरूले सबैभन्दा बढी बैंकहरुलाई अत्त्याएको छ।
आर्थिक मन्दीले गाँज्दै लगेपछि विश्वका ठुला बैंक तथा वित्तीय संस्थाहरूले खर्च कटौतीलाई व्यापकता दिएका छन्। ब्लूमबर्गको नयाँ रिपोर्ट अनुसार गोल्डम्यान साक्स ग्रुप इंक., मोर्गन स्टेनली र बैंक अफ अमेरिका कर्पोरेसन जस्ता बैंकहरूमा प्रबन्ध निर्देशकहरूको तलबमा ४० देखि ५० प्रतिशत सम्म घट्ने भएको छ।
ती बैंकका वरिष्ठ प्रबन्ध निर्देशकहरूको तलब अब ८ लाख देखि १५ लाख डलर हुनेछ भने एमडीहरूले ६ देखि १० लाख डलरसम्म बोनस खानेछन्। धेरै नै राम्रो प्रदर्शन गर्नेहरूको भने २० प्रतिशत वा कम तलब कटौती हुनेछ। रिपोर्टका अनुसार उनीहरू २० लाख डलर तलब खाँदै आएका थिए।
यसअघि कोभिडको समयमा बेइजिङको अडानका कारण सन् २०२२ मा चीनमा बैंकिङ क्षेत्र नराम्ररी प्रभावित भएको थियो। त्यहाँको सरकारले स्वदेशी कम्पनीहरूको सेयर विदेशमा बेच्ने क्षमतालाई सीमित गरेपछि कारोबार ८८ प्रतिशतले घटेको प्रतिवेदनले जनाएको छ। गत वर्ष ठुला बैंकहरूमा लगानी र बैंकिङ राजस्व करिब ५० प्रतिशतले घटेको थियो ।
स्मरण गर्नुहोस् बैंक अफ अमेरिकाले यस वर्ष आफ्ना डीलमेकरहरूको लागि बोनसमा ३० प्रतिशत कटौती गरेको छ। इक्विटी पुँजी बजार र लिभरेज फाइनान्समा पनि बोनस कटौती गरिएको थियो। केही बोनसहरू ५० प्रतिशतसम्म घटेको रिपोर्टले बताउँछ।
क्रेडिट सुइस ग्रुप एजीका अध्यक्ष एक्सेल लेहम्यानले गत हप्ता एक बयान दिएका थिए। जसमा उनले यो वर्षलाई "डरलाग्दो वर्ष" भने पछि बोनस घट्ने बारेमा त्यति बेला नै चर्चा सुरु भएको थियो।
प्रतिक्रिया दिनुहोस