aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

अमेरिकालाई चीनको चेतावनी : हामीलाई रोक्न खोज्दा आफैँ धरापमा परिएला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २० माघ २०७९
अमेरिकालाई चीनको चेतावनी : हामीलाई रोक्न खोज्दा आफैँ धरापमा परिएला

एजेन्सी। चीनको सिन्जियाङ स्थित उइगुर स्वायत्त क्षेत्रका उत्पादनहरू अवैध रूपमा जफत गर्ने बहानाको रूपमा अमेरिकाले जबरजस्ती श्रमको विषय उठान गरेपछि चीनले त्यसको कडा प्रतिक्रिया दिएको छ। अमेरिकाको कदमले अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खलालाई अस्थिर बनाउने र अन्ततः अमेरिकाको हितलाई हानि पुऱ्याउँने चेतावनी चिनियाँ विदेश मन्त्रालयले दिएको छ। 

बिहीबार चीनको विदेश मन्त्रालयले चिनियाँ उद्यमहरूको अधिकारको रक्षा गर्न आवश्यक कदम चाल्ने चेतावनी दिएको हो। ब्लुमबर्गले बिहीबार नै एक रिपोर्ट प्रकाशित गर्दै अमेरिकाले विश्वको सबैभन्दा ठुलो शिपिंग फर्म मार्क्सलाई सिनजियाङ क्षेत्रमा "जबरजस्ती श्रमबाट बनाइएको" आशङ्कामा आल्मुनियम उत्पादनहरू जफत गर्न थालेको रिपोर्ट प्रकाशित गरेपछि यो टिप्पणी आएको हो।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले बिहीबार भनिन् कि अमेरिकाले फेरि एक पटक सिन्जियाङ क्षेत्रमा "जबरजस्ती श्रम" को अस्तित्वमा नरहेको मुद्दालाई आर्थिक र व्यापारिक क्षेत्रमा राजनीतिकरण गर्ने बहानाको रूपमा प्रयोग गरिरहेको छ। "चीनले चिनियाँ उद्यमहरूको वैध अधिकार र हितको दृढताका साथ रक्षा गर्न आवश्यक कदम चाल्नेछ," उनले भनिन्।

चिनियाँ प्रवक्ताले जोड दिएकी छिन् कि अमेरिकाले गरेको सिन्जियाङ क्षेत्रका उत्पादनहरूको अवैध जफतले अन्तर्राष्ट्रिय व्यापार नियमहरूको उल्लङ्घन गर्दछ र अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खलालाई अस्थिर बनाउँछ र यसले अन्ततः अमेरिकाको हितलाई हानि पुर्‍याउँछ।

एल्युमिनियम र धातुबाट बनेका वस्तुहरू डिसेम्बरको अन्त्य र जनवरीको सुरुमा जफत सूचना जारी गर्न थालेपछि सिन्जियाङ क्षेत्रसँगको सम्बन्धको छानबिनमा कपास, टमाटर र पोलिसिलिकन समेत सामेल भएका छन्। एल्युमिनियमलाई चौथो उत्पादनको रूपमा नामकरण गर्दै ब्लूमबर्गले रिपोर्ट प्रकाशित गरेको छ। 

'अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले निकट भविष्यमा चीन भ्रमण गर्ने योजना बनाएको कुरालाई ध्यानमा राखी अमेरिकाले सिन्जियाङका उत्पादनहरूमाथि अकस्मात् क्र्याकडाउनलाई तीव्रता दिनु अचम्मको कुरा होइन। झेजियाङ नर्मलस्थित इन्स्टिच्युट अफ चाइनाज बोर्डरल्याण्ड स्टडीजका विज्ञ वाङ जियाङले भने, ग्लोबल टाइम्सले  समाचारमा उल्लेख गरेको छ, 'अमेरिकाले फेरि एकपटक चीनलाई दबाब दिनको लागि कार्ड बाहिर निकालेको छ, यो अमेरिकी कूटनीतिको नियमित रणनीति हो।'

अमेरिकाले चीनलाई विश्वव्यापी औद्योगिक शृङ्खलाबाट बाहिर निकाल्ने प्रयास गरिरहेको छ, तर यो गर्न गाह्रो मात्र होइन, यसको अत्यधिक उच्च लागत पनि अन्ततः उपभोक्ताहरू, विशेष गरी अमेरिकामा रहेकाहरूले नै भोग्नु पर्छ। विज्ञले उल्लेख गरे अनुसार सिनजियाङले हालै विदेशी विशिष्ट व्यक्तिहरू, विशेष गरी बेल्ट एण्ड रोड इनिसिएटिभमा संलग्न देशहरूका अधिकारीहरूद्वारा स्थलगत भ्रमणहरूको शृङ्खला आयोजना गरेको छ, जसले धेरै देशहरूलाई सिनजियाङमा वास्तवमा के भइरहेको छ भन्ने झलक दिएको छ।

 

प्रतिक्रिया दिनुहोस