
एजेन्सी । अमेरिकी अनुसन्धान संस्था हिन्देनबर्गको हिन्देनबर्गको प्रतिवेदन सार्वजनिक भएपछि अदानी ग्रुपको कम्पनीको शेयरमा आएको सुनामीले गौतम अडानीको साम्राज्यलाई हल्लाएको छ । हरेक सेकेन्डमा उनको नेट वर्थमा ठूलो गिरावट ल्याइरहेको छ। पछिल्लो तथ्यांक अनुसार गौतम अडानी अहिले विश्वका २० धनी व्यक्तिको सूचीबाट बाहिरिएका छन् ।
ब्लूमबर्ग बिलियनेयर्स इन्डेक्सका अनुसार गौतम अडानीको कुल सम्पत्तिमा आएको गिरावटका कारण उनी अब अर्बपतिको सूचीमा २१औँ स्थानमा झरेका छन्।उनको कुल सम्पत्ति ६१.३ अर्ब डलरमा झरेको छ र पछिल्लो २४ मा उनले १०.७ अर्ब डलर गुमाएका छन्।
शेयरमा आएको गिरावटका कारण सिर्जना भएको अवस्थाबीच गौतम अडानी अहिले फेसबुकका मार्क जुकरबर्गभन्दा पछाडि परेका छन् । जुकरबर्गको कुल सम्पत्ति ६९.८ बिलियन डलर छ र उनी सूचीमा १३ औं स्थानमा पुगेका छन् ।
प्रतिक्रिया दिनुहोस