aarthiknews.com बुधबार, २२ जेठ २०८२   Wednesday, 04 June, 2025
 

जीप दुर्घटना अपडेटः ११ महिनाकी बालिकासहित ३ को मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १८ भदौ २०७६
जीप दुर्घटना अपडेटः ११ महिनाकी बालिकासहित ३ को मृत्यु

बुटवल । पाल्पाको हुँगीबाट स्याङ्जातर्फ जाँदै गरेको लु १ ज ३८४१ नम्बरको  जीप स्याङ्जाको गल्याङमा बुधबार दुर्घटना हुँदा एक ११ महिने बालिकासहित ३ जनाको मृत्यु भएको छ । यस्तै २५ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

गल्याङ प्रहरी चौकीका इन्सपेक्टर निरञ्जन घिमिरेका अनुसारमृतक मध्ये एक जनाको नाम खुलेको छ भने अन्यको नाम ठेगाना खुल्न नसकेको छैन।मृतक ११ महिनाकी बालिका पनसन परियारको मृत्यु सनाखत भएको हो । 

जीपमा सवार २८ जनामध्ये बालिकाको घटनास्थलमै र अन्यको लुम्बिनी मेडिकल कलेज प्रवासमा उपचारको क्रममा मृत्यु भएको हो । 

घाइतेहरुको लुम्बिनी मेडिकल कलेल प्रवास र युनाईटेड मिसन अस्पतालमा उपचार भइरहेको छ । यस्तै केहीलाई भने गल्याङ सामुदायिक अस्पतालमा सामान्य उपचार पछि घर पठाइएको गल्याङ प्रहरी चौकीका ईन्सपेक्टर घिमिरेले जानकारी दिए । 
पाल्पाबाट जाँदै गरेको जिप गल्याङ्बाट आएको जिपलाई साइड दिने क्रममा सडकबाट ३ सय मिटर तल खसेको थियो । 

 यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस