काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दााहल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई हाल पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सम्हाल्दै आएको भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय दिने अफर गरेपछि रास्वपाको बैठक अहिले बसिरहेको छ । प्रचण्डको अफरपछि रास्वपाले पार्टी संसदीय दलको बैठक आकस्मिक बोलाएको हो ।
पार्टी सभापति रवि लामिछानेलाई उपप्रधानसहित गृहमन्त्री बनाउनु पर्ने अडानमा रहेको रास्वपाले बिहीबार दुई दिनको अल्टिमेटम दिएको थियो । उक्त अल्टिमेटम सकिएको दिन आज प्रचण्डले गृहको सट्टा भौतिक पुर्वाधार मन्त्रालय लिन आग्रह गरेपछि यसबारेमा निर्णय लिन आकस्मिक बैठक बसिरहेको छ ।
आजको बैठकले लामिछानेलाई नै ६ महिनाको लागि उपप्रधानसहित भौतिम पुर्वाधार मन्त्रालयमा पठाउँछ या अरु्लाई नै पठाउँछ त्यो पार्टीको निर्णय आएपछि नै थाहा हुनेछ । श्रोतका अनुसार रास्वपाबाट मन्त्री बन्नेहरुको नेतृत्व रवि आफैं गर्न चाहान्छन् ।
प्रतिक्रिया दिनुहोस