aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

सबै दलहरूको सहमतिमै राष्ट्रपति बनाउन जोड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २२ माघ २०७९
सबै दलहरूको सहमतिमै राष्ट्रपति बनाउन जोड

काठमाडौं । सात दलीय गठबन्धनको सहयोगमा सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले राष्ट्रपतिका लागि राष्ट्रिय सहमतिमा जोड दिने बताएको छ ।

इतिहासमै प्रमुख प्रतिपक्षी दलको समेत विश्वासको मत लिएर सरकारको नेतृत्व गरेको माओवादीले सकभर सबै दलहरूको सहमतिमै राष्ट्रपति बनाउन जोड गरेको हो । तर, नेकपा (एमाले)ले भने यसलाई प्रधानमन्त्रीले गठबन्धनको सहमति बाहिर गएर पाँच वर्ष नै प्रधानमन्त्री हुने चालबाजीका रूपमा लिएको छ ।

राष्ट्रपति एमालेकै हुने ठोकुवा गर्दै एमाले नेता विशाल भट्टराईले भन्नुभयो– ‘राष्ट्रपति एमालेकै हुन्छ । प्रचण्डले पाँचै वर्ष प्रधानमन्त्रीको बार्गेनिङ गर्न यो तुरूप फाल्नुभएको हो । गठबन्धनबाट हाम्रो राष्ट्रपति पक्का छ ।’ तर उहाँले उम्मेदवारका विषयमा निर्णय गरिनसकेको बताउनुभयो । आजको नेपाल समाचारपत्र दैनिक

प्रतिक्रिया दिनुहोस