काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बिहीबार गृहमन्त्रालय आफूहरुलाई दिनु पर्ने भन्दै सत्ता गठबन्धनमा पनि विशेष गरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अल्टिमेटम दिएको भए पनि उक्त अल्टिमेटम सकिएपछि शनिबार साँझ बसेको बैठकले कुनै पनि निर्णय गर्न सकेन । शनिबार संसदीय दल र केन्द्रीय समितिको बैठक एकै पटक बसे पनि बैठकमा मतैक्यता हुन नसक्दा निर्णय गर्न समेत असफल भएको हो ।
श्रोतका अनुसार पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताउनु पर्ने सुनाएका थिए । तर बैठकमा उपस्थित अन्य नेताहरुले भने सभापतिलाई गृहमन्त्री नबनाएकै कारण सरकारलाई दिएको समर्थन फिर्ता लिँदा बाहिर नराम्रो सन्देश जाने बताएका थिए ।
साढे २ घन्टाभन्दा बढी समय बसेको बैठकमा वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने कि सरकारमै बस्ने भन्नेबारे छलफल भएको थियो । शनिबार साँझ प्रधानमन्त्री प्रच्ण्डले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लिन प्रस्ताव गरेसँगै रास्वपा छलफलमा जुटेको थियो ।
सभापति लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता नलिाने भए आफू उपप्रधानसहित प्रधानमन्त्री प्रचण्डले प्रस्ताव गरेको भौतिक पुर्वाधार मन्त्रालयको नेतृत्व गर्न जाने बताएका थिए । तर अन्य सांसदहरुले भने सभापतिले केही समय सरकारमा नजाँदा राम्रो हुनेमा जोड दिएका थिए , बैठकमा आन्तरिक विवाद हुने अवस्था देखिएपछि उनले आइतबार बिहान बैठक बसेर निर्णय गर्ने भन्दै स्थगित गरेका थिए ।
प्रतिक्रिया दिनुहोस