aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

श्रीमतीको हत्या गरेर माटोमा पुर्ने पक्राउ

  • आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
    आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
  • आइतबार, २२ माघ २०७९
श्रीमतीको हत्या गरेर माटोमा पुर्ने पक्राउ

काठमाडौं । श्रीमतीको हत्या गरी शवलाई माटोमा गाड्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा अर्जुनधारा नगरपालिका–८ स्थित नयाँ खसिबजार निवासी ३३ वर्षीय मनोज बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए । 

प्रहरीका अनुसार बस्नेतले चार दिनअघि ४५ वर्षीया श्रीमती कल्पना पोखरेल बस्नेतको हत्या गरी घरदेखि दुई मिटर उत्तर चौरमा शव गाडेका थिए । 

स्थानीयले हिजो दिउँसो ४:५० बजे गाडिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव फेला परेपछि अनुसन्धानका क्रममा बस्नेतलाई पक्राउ गरिएको डीएसपी पाठकले बताए । 

उदयपुर रामपुर–८ घर भई उनीहरू अर्जुनधारा ८ मा बस्दै आएका थिए । सामान्य मजदुरी गर्दै आएका बस्नेतले पारिवारिक कलहका कारण श्रीमतीको हत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।  घटनाको विस्तृत विवरण आउन बाँकी छ । 

प्रतिक्रिया दिनुहोस