aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

रवि लामिछानेको उम्मेदवारी नै बदर भएपछि आफूलाई सांसद घोषणा गर्दै उमेश श्रेष्ठ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २२ माघ २०७९
रवि लामिछानेको उम्मेदवारी नै बदर भएपछि आफूलाई सांसद घोषणा गर्दै उमेश श्रेष्ठ

काठमाडौं । चितवनको क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जितेको सांसद पदका सम्बन्धमा उनले दिएको उम्मेदवारी नै अवैध भएको पाइएर बदर भएपछि दोश्रो स्थानको मत ल्याएका नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले आफूलाई विजयी घोषणा गर्ने भएका छन् । श्रेष्ठले आफूलाई स्वत विजयी भएको घोषणा गर्न माग गरी निर्वाचन आयोगमा निवेदन दिने तयारी गरेका हुन् । 

श्रेष्ठले आज बिहान साढे ११ बजे निर्वाचन आयोगमा निवेदन दिने र दिउँसो पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिने तयारी गरेको उनको सचिवालयको भनाइ रहेको छ । उनले दिउँसो २ बजे हिमालय होटेल कुपण्डोलमा पत्रकार सम्मेलन गर्न लागेका छन् । 

मंसिर ४ गते भएको निर्वाचनमा रास्वपाका सभापति लामिछानेले ३४ हजार ३१२ मतान्तरले श्रेष्ठलाई पराजित गरेका थिए । लामिछानेले ४९ हजार ३०० मत पाएका थिए भने श्रेष्ठले १४ हजार ९८८ मत पाएका थिए । 

प्रतिक्रिया दिनुहोस