aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

मुख्यमन्त्रीले विश्वासको मत लिन नपाउँदै अल्पमतमा सरकार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २२ माघ २०७९
मुख्यमन्त्रीले विश्वासको मत लिन नपाउँदै अल्पमतमा सरकार

काठमाडौं । सुदुरपश्चिमको प्रदेश सरकार मुख्यमन्त्रीले विश्वासको मत लिन नपाउँदै अल्पमतमा परेको छ । प्रदेशमा भएका दलहरु तितरवितर भएपछि त्यहाँका मुख्यमन्त्री राजेन्द्रसिंह रावललाई प्रदेशसभाबाट विश्वासको मत लिन समस्या पर्ने देखिएको छ । 

यहाँको मतमा निर्याायक देखिएको नागरिक उन्मुक्ति पार्टी विच्किदै गएपछि मुख्यमन्त्री रावलले विश्वासको मत पाउनेमा संशंसय बढ्दै गएको छ । 

नागरिक उन्मुक्तिले प्रहरीले पक्राउ गरेर जेल पठाएका आफ्ना सांसद अरुणकुमार चौधरीलाई बिनासर्त रिहा नगरे प्रदेश सरकार ढाल्ने चेतावनी दिएको छ । 

चौधरी कैलाली २ बाट संघीय सदनमा निर्वाचित सांसद हुन् । ट्रयाक्टरमा आगजनी गरेको मुद्दामा अदालतबाट दोषी ठहर भई फरार सूचीमा रहेका सांसद चौधरीलाई शुक्रबार कैलाली कारागार चलान गरिएको छ । 

प्रतिक्रिया दिनुहोस