aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

आज प्रतिनिधिसभाको बैठक, यस्ता छन् एजेण्डाहरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २२ माघ २०७९
आज प्रतिनिधिसभाको बैठक, यस्ता छन् एजेण्डाहरु

काठमाडौं । संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । वर्तमान संसदको पहिलो सदनको सातौं बैठक आज दिउँसो १ बजेका लागि संसद भ्वन नयाँ बानेश्वरमा बोलाइएको हो । 

आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाउ आदेश सदनसमक्ष पेस गर्ने सम्भावित कार्यसूची तय भएको संसद सचिवालयले जनाएको छ ।

बैठकमा त्यसअघि शून्य र विशेष समयमा सांसदहरूले विभिन्न विषयमा आफ्नो धारणा राख्न सक्नेछन् ।   

प्रतिक्रिया दिनुहोस